काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पार्टीका विभिन्न विभागहरुलाई पूर्णता दिएको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २०७८ फागुन २५–२६ गते काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिएको हो। केन्द्रीय कमिटीको उक्त बैठकले महत्वका विभिन्न निर्णयहरू गरेको छ।
केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरूको कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्रीय सचिवालयको २०७८ चैत ३ मा सम्पन्न १९औँ बैठकले थप निर्णय गरेको छ। ती सबै निर्णयहरूको आवश्यक जानकारी र कार्यान्वयनका निम्ति अन्तरपार्टी निर्देशन–५ जारी गरिएको छ।
आइतबार जारी अपानीले ३३ सदस्यीय केन्द्रीय प्रचार विभाग विस्तार गरेको छ। जसको प्रमुखमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडा रहेका छन्। त्यस्तै विभागको उपप्रमुखमा समाजवादी प्रेस संगठन नेपालका संयोजकसमेत रहेका छन्।
त्यस्तै सदस्यहरुमा राममाय भट्टराई, जीवन वि.सी. टंक पन्त, तेजप्रसाद वाग्ले, दुर्गा थापा, धनराज वास्तविक, नरेन्द्र साउद, प्रकाश खतिवडा, माधव पौडेल, विश्वमणी सुवेदी, रामकुमार एलन, रोहित दाहाल, शान्तराम बिडारी, भवानी कार्की, नवराज सुवेदी, विजय श्रेष्ठ, सूर्य वि.सी., लेखनाथ सिकारु, वोधराज त्रिपाठी, भुपराज खड्का, भरत पोखरेल, वृजलाल पासवान, मेनुका भण्डारी, राघव साह, शितल साह, वुद्धवीर राई, संंगीता पाख्रीन, हेम कर्ण बि.क., तिर्थ सिग्देल, पासाब्डोल्मा लामा र जी.के.पोखरेल रहेका छन्।