सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीकाे दोस्रो पूर्ण वैठक विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएकाे छ।
आइतबार पार्टी अध्यक्ष अम्मर बहादुर थापाकाे अध्यक्षता र पार्टी महासचिव डा.वेदुराम भुषालकाे प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
बैठकमा पार्टी उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, पार्टी पाेलिटव्युराे सदस्यहरु गणेश बिक, चन्द्र ब शाही, शेर ब केसी र हंस ब शाहीले सम्बोधन गरेका थिए।
बैठकमा केन्द्रीय कमिटी सदस्यहरु र प्रदेश कमिटी सदस्यहरुको सहभागीता रहेकाे थियाे। वैठकले प्रदेश भरीकाे पार्टी कामकाे समिक्षा गर्दै आगामी कार्ययाेजना निर्माण गरेको उप महासचिव ज्वालाले बताए।
साथै वैठकले पार्टीकाे सम्पूर्ण शक्ति आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेकाे छ।