सुर्खेत। नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर बिष्टलाई दलको साधारण सदस्यबाट निष्काशन गरेको छ।
साथै बिष्टले आइतबार एमालेमा प्रवेश गरेका छन्। नेकपा (एमाले) ले आईतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उनलाई स्वागत गरेका हुन्।
यस्तै, प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते कर्णाली प्रदेश सभा सदस्य र पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए। गत फागुन २७ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टीबारे प्रशिक्षण दिन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पुगेकै दिन बिष्टले सांसद पद त्यागेका थिए।