काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले महासचिव विप्लवले प्रस्ताव गरेको राजनीतिक प्रतिवेदनमाथि बहस भइरहेको र अन्तिममा प्रतिवेदन राखिएको विचारकै पक्षमा निर्णय हुने बताएका छन्।
केन्द्रीय समितिको बैठक शुक्रबारदेखि जारी छ। कपिलवस्तुको शिवगढीमा जारी बैठकमा महासचिव विप्लवले स्थानीय चुनावमा जानुपर्ने मतसहित पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन्।
‘महासचिवको प्रतिवेदन पेस गर्नुभएको छ, त्यसमा साथीहरुले विचार राख्ने क्रम जारी छ,’ उनले भने, ‘अहिलेको स्थितिलाई दृष्टिगत गरेर, जन चाहनालाई दृष्टिगत गरेर आगामी चुनावलाई हेर्नुपर्छ भन्ने प्रतिवेदनको भावना छ। त्यसैलाई लिएर बहस भइरहेको छ।’ यो समाचार अनलाइनखबरले प्रकाशित गरेको छ।