काठमाडौँ। पार्टीभित्र अन्याय भएको भन्दै प्रदेश सभा सदस्य, पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिएका ठम्मर बिष्टले एमालेमा प्रवेश गर्ने भएका छन्।
आज बिहान ११ बजे वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको वृहत भेला कार्यक्रममा उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले सुर्खेतले जनाएको छ। उनलाई नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।
बिष्टले फागुन २७ गते इमेलमार्फत प्रदेशसभा सचिवालयलाई राजीनामा पत्र पठाएका थिए। शुक्रबार कर्णाली प्रदेश सभाका सभामुख समक्ष प्रदेश सभा सदस्य छोडेको सनाखत गरेका बिष्ट त्यसको ठिक दुई दिन पछाडि नै एमाले प्रवेश गर्ने भएका हुन्।