जुम्ला। जुम्ला बजारमा सञ्चालित सुर्खेती मासु पसलले आफू खुसी मासुको मूल्य बढाएको पाइएको छ।
शनिबार बिहान खसिको मासुको मुल्य बढाएर बेचेको पाइएको हो। उपभोक्ता मन्च र उधोग बिभागको समन्वयमा बस्तुको मूल्य दर रेट तोक्ने र स्थानीय निकायले दर लागू गरेको नगरेको नियमन गर्ने निकायलाई चुनौती दिएर आफु खुसी मूल्य बढाएको हो।
जिल्लाको चन्दननाथ नगरपालिकामा रहेको सुर्खेत फ्रेस हाउसका संचालकले आफूखुसी मूल्य बढाउदा उपभोक्ता भने मारमा परेका छ्न।
चन्दनाथ ४ का एक उपभोक्ताले मूल्य वृद्धि गर्नु गैरकानुनी रहेको बताए। नाम नखुलाउने सर्तमा उनले भने, “यो सरासर गलत हो। म आउँदा ५ सय रुपैया केजि थियो।” अहिले १२ सय पुगे पनि सम्बन्धित निकायले दर रेट तोकेर बिक्री बितरण गर्नु पर्ने उनको तर्कछ।
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले आफुखुसी मूल्य वृद्धि गर्न नपाइने तर्क गरे। शाहीले उपभोक्ता मंच छ नगरपालिका छ। सम्बन्धित निकाय छ। तर आफै ब्यापारिले मूल्य बढाउन लागे भने भोलि अन्य सामानको मूल्य आफै बढायो भने उप्भोक्ता मर्कामा पर्ने हुँदा अनुगमन गरेर कारबाही गर्नुपर्ने तर्क गरे।
यता फ्रेस हाउसका मालिक भने, “सरकारले पेट्रोलको मूल्य बढाउन हुने। तर, हामीले महंगोमा किनेर ल्याएको खसिको मूल्य बढाउन किन नहुने ? खाने भए खान्छन्। नखानेले नखान्छ्न्। बरु जेल गइन्छ मासुको मूल्य आज बाट १२ सय लगाएँ।” भिडियो हेर्नुस् https://youtu.be/umPx4D1UzeQ