ठम्मर बिष्टले सांसद पदबाट पनि राजीनामा दिए



सुर्खेत। गत फागुन २७ गते राजीनामा दिएएका कर्णाली प्रदेशसभा सदस्य ठम्मर बिष्टले प्रदेशसभा सदस्यबाट पनि राजिनामा दिएका छन्।

बिहीबार सभामुख राजबहादुर शाही समक्ष बिष्टले प्रदेशसभा सदस्य छोडेको सनाखत गरेका हुन्। बिष्टले काठमाडौँमा नै पत्रकार सम्मेलन गरेर पार्टी, प्रमुख सचेतक र प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका थिए।

संविधानको धारा १८० को (क) मा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ। उक्त उपधारामा निजले प्रदेशसभाको सभामुखसमक्ष लिखित राजीनामा दिएमा राजीनामा स्वीकृत भएको मानिने व्यवस्था छ।

यद्यपि, बिहीबार नेकपा माओवादी केन्द्र संसदीय दलले भने बिष्टलाई राजीनामा फिर्ता लिई नियमित कामकाजमा फर्कन तीनदिने अल्टिमेटम दिएको थियो। तर बिष्टले पार्टी छाड्ने नै निर्णयमा पुगेको बताएका छन्।