जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले हुम्ला जिल्ला अस्पतालमा तीन जना विशेषज्ञ चिकित्सकसहितको सेवा दिने भएको छ।
शुक्रबार संघीय राजधानी काठमाडौँस्थित स्वास्थ मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र हुम्ला जिल्ला अस्पतालबीच विषेशज्ञ सेवा सम्झौता गरिएको उपकुलपती डा. मंगल रावलले जानकारी दिएका छन्।
उपकुलपति रावलले कर्णाली सन्देशलाइ दिएको जानकारीअनुसार हुम्लामा प्रतिष्ठानले प्रदान गरेको सेवा निरन्तरताको लागि मन्त्रालयसँग सम्झौता गरिएको हो।
प्रतिष्ठानले आगामी बैशाखदेखि स्त्रीरोग विषेशञ् १ जना, अनेस्थेलोजिस्ट १ जना र १ जना सर्जन पठाउने प्रतिस्ठानका रजिस्टार निर्पेन्द्र महतले बताए।
महतका अनुसार प्रतिष्ठानले कर्णालीका १० जिल्लामा सेवा दिइरहे पनि हुम्लामा १ जनाले नपुग्ने हुँदा मन्त्रायको समन्वय र हुम्ला जिल्ला अस्पतालको समन्वयमा ३ जना विशेषज्ञ टोलिसहित सेवा निरन्तर प्रदान गर्न सम्झौता भएको हो।