काठमाडौं। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण कामहरुको सूची सार्वजनिक गरेका छन्। शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी महानगर प्रमुख शाक्यले चार वर्षमा गरेका महत्वपूर्ण कामको सूची सार्वजनिक गरेका हुन्।
प्रमुख शाक्यले उक्त समयावधिमा १५० भन्दा बढी सम्पदाहरूको पुनःनिर्माण गरिसकेको समेत बताएका छन्। काठमाडौं महानगरपालिकाले राष्ट्रिय सम्पदा तथा संस्कृतिको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत बाहिरका जिल्लाका स्थानीय सरकारहरुसँग भगिनी सम्बन्ध स्थापना गरी सहकार्य र साझेदारी गर्दै आएको बताएका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी कार्यकालमा पार्टीले टिकट दिए आफु फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको बताएका छन्। ‘पार्टीले जे निर्णय गर्छ त्यो मान्न तयार छु, यदि पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा मलाई नै आवश्यक ठान्यो भने म तयार छु,’ शाक्यको भनाई छ।
शुक्रबार महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफुले वसन्तपुरमा राष्ट्रिय झण्डा राख्न खोज्दा काँग्रेसले राजनीति गरेको दाबी गरे। उनले भने, वसन्तपुरमा झण्डा राख्न खोज्दा काँग्रेसले झण्डामा सूर्य चिन्ह रहेको रहेको भन्दै चुनाव अघि नराख्न दबाब दियो।’ प्रमुख शाक्यले आफुले जनताको मन मनमा पुग्नेगरी काम गरेको दाबी गरे।
हेर्नुहोस् विज्ञप्ति :