दाङ। बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता मोहन बानियाँ पाँच लाख रूपैयाँ धरौटीमा छुटेका छन्।
जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो।
माघ १९ गते नेपालगञ्जको होटलमा जुम्लाकी ४० वर्षीया एक महिलामाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा बानियाँविरूद्ध उजुरी परेको थियो।
पीडित महिलाले २७ माघमा उजुरी दिएपछि फागुन १६ गते नेपालगञ्ज विमानस्थलबाट उनी पक्राउ परेका थिए।
पक्राउ परेपछि उनी प्रतिनिधिसभा सदस्य पदबाट निलम्बनमा समेत परेका छन्।