कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो पूर्ण वैठक सम्पन्न



काठमाडौँ। नेकपा एकीकृत समाजवादी, कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो पूर्ण वैठक सम्पन्न भएको छ।

बुधबार राजधानीको अनामनगरस्थित राष्ट्रिय जनसाँस्कृतिक महासंघ, समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित उक्त वैठकले सात वटा निर्णय गर्दै दोस्रो वैठक सम्पन्न गरेको छ।

संठगनका अध्यक्ष कमलसिंह खत्रीको अध्यक्ष तथा पार्टी पोलिट ब्युरो सदस्य एवं सम्पर्क कमिटी इन्चार्ज बिजय गरुङ्गको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो। त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज तुलराज सिम्खडाको विशेष अतिथिका रुपमा उपस्थिति थिए।

सम्पन्न वैठकले सातवटा निर्णय गरेको सचिव प्रेम खत्रीले जानकारी दिएका छन्। उनका अनुसार कमिटी पूर्णता जसमा रकविर खड्का (रुकुम), उमेश योगी (कालिकोट), शिवलाल शर्मा (जुम्ला) र ओमप्रकाश सञ्ज्याल (कालिकोट) चयन भएका छन्।

तयस्तै सचिवालयले जनक रोकाया, (जुम्ला) र अम्बिका शाही (हुम्ला) लाई विशेष प्रदेश कमिटीमा पठाउने निर्णण गरेको छ। तेस्रोमा विभाग गठन गरेको छ। जसमा स्कुल, प्रचार, आर्थिक र संगठन विभाग गठन गरेको छ। विभागको प्रमुखमा क्रमशः रुपेश गिरी, प्रेम खत्री, बलबहादुर ऐडी र वीरबहादुर रावत चयन भएका छन्। चौथोमा ५ जना पदाधिकारीसहित १० जनाको सचिवालय गठन गरेको छ।

पाँचौंमा मासिक रुपमा लेवि उठाउने निर्णण गरेको छ। जसमा पदाधीकारीले दुई सय र सदस्यले एक सय मासिक रुपमा लेवि तिर्नु पर्नेछ। अन्त्यमा पार्टीको केन्द्रीय निर्देशनलाई कार्यान्वयन तथा तल्लो कमिटीमा लागू गर्न लगाउने निर्णय भएका छन्।