काठमाडौँ। पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले मंगलबार कीभको भ्रमण गरे जहाँ उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेका छन्।
स्लोभेनियाका प्रधानमन्त्री जेनेज जान्साले युक्रेनका जनतालाई भने, ‘तपाईंहरू एक्लै हुनुहुन्न। तपाईंको लडाइ हाम्रो लडाइ हो र हामी मिलेर जित्नेछौं।’
चेक प्रधानमन्त्री पेत्र फियालाले भने, ‘तपाईं आफ्नो जीवन, आफ्नो स्वतन्त्रताको लागि लडिरहनु भएको छ। तर हामीलाई थाहा छ कि तपाईं हाम्रो जीवन र हाम्रो स्वतन्त्रताको लागि पनि लड्दै हुनुहुन्छ।’
उनले थपे, ‘हामी तपाईंको साहसको प्रशंसा गर्छौं र हामी थप सहायता र समर्थन प्रदान गर्न जारी राख्नेछौं। युक्रेनका जनताको साथमा युरोप उभिएको छ।’ दुवै नेताले युक्रेनी भाषामा ‘ग्लोरी टु युक्रेन’ भनेका छन्। गत महिना रुसको आक्रमणपछि युक्रेनमा कुनै विदेशी नेताको यो पहिलो भ्रमण हो।