काठमाडौँ। दिगो विकास भनेको दिर्घकालिन रुपमा अर्थ राख्ने विकास हो। दिगो विकास विनास विनाको विकास हो। दिगो विकास वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता परिपूर्ति गर्दै जाने प्रक्रिया हो।
वातावरण संरक्षणका लागि दिगो विकास महत्त्वपुर्ण मानिन्छ। दिगो विकासको ध्येय पृथ्वीका स्रोत साधन नास नगरी आर्थिक र सामाजिक विकास गर्नु हो। दिगो विकास सम्पुर्ण जिवित मानिसहरूको कल्याणमा केन्द्रित हुन्छ।
विकास निर्माणमा वातावरण प्रतिकुल कार्य गरिए विकासबाट आशा गरिएका लक्ष्यसम्म पुग्न कठिन हुन्छ। त्यसैले दिगो विकासको औपचारिक परिभाषामा १७ वटा लक्ष्यहरू छन्।
१. गरिबी निवारण
२. भोकमरी उन्मूलन
३.स्वास्थ्य जीवन,
४.सबैको लागि र सधैंको लागि शिक्षा,
५.लैंगिक समानता र महिला सशक्तीकरण,
६.खानेपानीको उपलब्धता,
७.आधुनिक इन्धनमा सहज पहुँच,
८. सबैलाई मर्यादित रोजगारीको उपलब्धता,
९. रेजिलिएन्ट पूर्वाधार तथा समावेशी औद्योगिकीकरण,
१०. असमानतामा कमी
११ एघारौं राम्रा सहरीकरण
१२. खाद्यान्न उत्पादन र उपभोग दिगो बनाउने,
१३.जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने,
१४.सामुद्रिक जीवजन्तुको रक्षा गर्ने,
१५.जमिनमा भएका स्रोतहरू दिगो बनाउने,
१६. शान्तिपूर्ण र समावेशी समाज निर्माण गर्ने
१७ ग्लोबल पार्टनरशिप फर सस्टेनएबल डिभलोपमेण्ट