उदय जि.एम. माओवादीमा प्रवेश



काठमाडौँ। नेकपा मसालनिकट प्रगतिशील पत्रकार संघका निवर्तमान अध्यक्ष उदय जीएम प्रेस सेन्टर नेपालमा प्रवेश गरेक छन्।

नेपाल पत्रकार महासंघका उपाध्यक्षसमेत रहेका पत्रकार जीएम मंगलबार औपचारिक रुपमा प्रेस सेन्टरमा समाहित भएका हुन्।

पत्रकार जीएमलाई मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेता कृष्णबहादुर महरा र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले स्वागत गरेका हुन्।

तीन दशक अघिदेखि पत्रकारितामा क्रियाशील जीएमले मूलधारका सञ्चारमाध्यमहरु अन्नपूर्ण पोष्ट, सगरमाथा टीभी, दैनिक अनलाइन, पहिलोपेज डटकम लगायतमा काम गरिसकेका छन्।