काठमाडौँ। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले फागुन २९ गते वितरण गरेको राष्ट्रिय युवा प्रतिभा युवा सम्मान पुरस्कार २०७८ बाट कर्णाली प्रदेशबाट तीन जना युवा सम्मानित भएका छन्।
सुर्खेतीकी हिम कुमारी उपाध्याय, राधा कुमारी पौडेल र कालिकोटका मंगल बहादुर बिष्ट सम्मानित भएका हुन्। नेपाल सरकारले हरेक वर्ष प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा सम्मानबाट कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर १ का विष्टलाई सम्मान गरेको हो। उनी सरकारी कर्मचारी (शाखा अधिकृत) समेत हुन्।
सम्मानित हुनेमा धिर्जबहादुर उपरकोटी गोर्खा, सन्तोष बोटे चितवन, मिर्लुङ्ग बहुउद्देश्यीय कृषि फर्म प्रालि, तनहुँ, कुसुम केसी, लमजुङ्ग, सुमित्रा घिमिरे, मकवानपुर, राजन गौतम, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), राज कुमारी पौडेल, सुर्खेत, राजाराम गुरुङ, नुवाकोट, अशोक शर्मा भट्ट, चितवन र खिमप्रसाद पन्थी, अर्घाखाँची रहेका छन् ।
त्यस्तै युवा पत्रकारतर्फ अछामका केशवबहादुर भुलसहित बसन्ती बास्तोला, तनहुँ, पूर्णबहादुर खड्का, अछाम र सिताराम ओझा, डोटी गरी चार जनाले पाएका छन्।