सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले सुर्खेतको वीरेन्द्रनगरमा रहेको ॐ कर्णाली डेन्टल क्लिनको उद्घाटन गरेका छ्न्।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आइतबार उक्त डेण्टल उदघाटन गरेका हुन्। मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका सांस्कृती मन्त्री कार्चेनको पनि उपस्थिती रहेको थियो।
क्लिनिकले दन्त परीक्षण, डिजिटल एक्सरेमार्फत उपचार, दन्त सौन्दर्य, शल्यक्रियामार्फत उपचार र नक्कली दाँत राख्ने झिक्ने जस्ता सेवा प्रदान गर्दै आइरहेको भए पनि बिधिवत रुपमा आइतबार उद्घाटन गरेको संचालक बिनोद कार्कीले बताए।
ग्रामीण भेगलाई विशेष प्राथमिकता, गुणस्तरीय सेवा, सबैले सहजरुपमा सेवा लिन पाउने, उपचारमा ४५ प्रतिशतसम्म छुटको व्यवस्था र स्वस्थ वातावरणको व्यवस्था गरिएको सञ्चालकको भनाइ छ।