मुख्यमन्त्री शाही र घिसिङबीच भेटवार्ता



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय जीवनबहादुर शाहीज्यू र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच शनिबार वीरेन्द्रनगरमा भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा कर्णालीमा विद्युत प्रसारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको थियो। भेटमा निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पु¥याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाटसमेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया सुरु गरिएको बताए। यस्तै उनले कर्णालीका साविकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको जानकारी दिए।

भेटका क्रममा मुख्यमन्त्री शाहीज्यूले कर्णालीमा विद्युत उत्पादनको संभावना धेरै भएपनि हाल आठ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको बताए। उनले अहिलेको ३३ केभी प्रसारणलाइनका कारण कर्णालीबासीले विद्युतको ठूलो समस्या भोगिरहेको बताउनु हुँदै १३२ केभी प्रसारणलाइनको काम चाँडो सम्पन्न गर्न आग्रह गरेका थिए। उनले जनसंख्यालाई हेरेर योजना बन्ने गरेको बताउँदै त्यो कर्णालीका लागि अन्याय हुने बताए।