‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान जुम्लामा सुरु



जुम्ला। नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार आइतबारदेखि देशभर एक महिने चुनावी अभियान सुरु भएको छ । घरघर जाऔं, काँग्रेस जिताऔँ’ नारासहित देखि ७७ वटै जिल्लामा आजबाट कांग्रेसको एक महिने चुनावी अभियान सुरु गरेको हो।

नेपाली कांग्रेस जुम्लाका जिल्ला कार्य समिति सचिव लक्ष्मण शाहीका अनुसार आइतबारदेखि जुम्लामा चुनावी अभियान सुरु गरिएको छ। अभियानको उद्घाटनका लागि केन्द्रीय पार्टी निकायले खटाएका केन्द्रीय प्रतिनिधि जिल्लामा पुगिसकेका छन्।

शाहीले भने, ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिका साथ ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान (आज) फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ।’

उनले अगाडी भने, ‘यस अवधिमा केन्द्रीय राजनीति, प्रतिपक्षमा हुँदा कांग्रेसले खेलेको भूमिका, संसद विघटनपछि सत्तामा जानुपरेको कारण, एमसीसी जस्ता अनेकौं राष्ट्रिय विषयलाई जनतालाई जानकारी दिनेछौं। कांग्रेसबारे छरिएका भ्रमहरु निवारण गर्नेछौं।’