हुम्ला। जसपा केन्द्रीय सदस्य विरजङ्ग शाही लगायत ४ जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन्।
त्यस्तै १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्यहरु ,सवै गाउँपालिकाका समितिहरुसहित सबै पार्टी संरचनाका सदस्यहरू जम्मा ११०० कार्यकर्ताहरु माओवादी केन्द्रमा समायोजन भएका छन्।
माओवादी केन्द्रका युवा नेता महेन्द्र बहादुर शाहीका अनुसार आइतबार उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो।