कालिकोट-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा राजकुमार



काठमाडौँ। नेकपा (एमाले) कालिकोट-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा रमेश शाही (राजकुमार) चयन भएका छन्।

शनिबार राजधानीको गौशालीस्थित कर्णाली स्वास्थ्य कलेजमा आयोजित एक कार्यक्रममा शाहीको नेतृत्वमा ५१ सदस्यीय कार्य समिति चयन गरिएको छ । अध्यक्ष शाहीका अनुसार मञ्चको ११औं अधिवेशनबाट उपाध्यक्षमा राम प्रसाद न्यौपाने, सिता बराल चयन भएका छन्।

त्यस्तै सचिवमा राज न्यौपाने, उपसचिव यशुदा न्यौपाने (संज्याल) र जनक शाहीलाई चयन गरिएको छ भने कोषाध्यक्षमा जीवन शाही चयन भएका छन्।

कालिकोट प्रदेश (क) को संयोजक चन्द्रसूर्य शाही र प्रदेश (ख) संयोजकमा देवराज बराल चुनिएका छन्। १० प्रतिशत मनोनय गर्न बाँकी रहेको अध्यक्ष शाहीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।