काठमाडौँ। सत्तासीन नेपाली काँग्रेसले स्थानीय तह लक्षित एक महिने चुनावी अभियान आइतबार (आज) बाट सुरु गर्दैछ। ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ नारासहित देखि ७७ वटै जिल्लामा आजबाट कांग्रेसको एक महिने चुनावी अभियान सुरु हुन लागेको हो।
अभियानको उद्घाटनका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि सबैजसो जिल्लामा पुगिसकेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए। ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिका साथ फागुन २९ गतेदेखि चैत २९ गतेसम्म कांग्रेसले अभियान थाल्दै छ।