सुर्खेत। सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा शनिबार साँझ पाँच बजे तीन जना बालबालिका बेपत्ता भएका छन्।
सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाट स्थित रानिवगर घाट भेरिनदीमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ। शनिबार साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्।
हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन्।