काठमाडौँ। माओवादीका युवा नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले गायक प्रकाश सपुतलाई दण्डनीय कार्य गरेको आरोप लगाएका छन्।
गायक सपुतको हाल सार्वजनिक ‘पिर’ बोलेको गीगको दृश्यलाई लिएर दिपशिखाले उक्त आरोप लगाएका हुन्। उनले लेखेका छन्, ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ। प्रकाश सपुत एक राम्रा सर्जक हुन्। व्यापारमा सिर्जना नमारून्। ‘पिर’को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाउ। तर माओवादी जनयुद्द लड्ने एक महिला छापामारको अभावलाई उनले ‘देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन्। त्यो आपत्तिजनक मात्रै होईन दण्डनीय छ।
उनले अगाडि लेखेका छन्, ‘उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्न, अभाव, निराश अनि गरिव महिलाहरूले देह व्यापार नै गर्छन् हो?’ सायद ति महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गितहरूमा निर्धक्क संगित भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे ।’