प्रधनमन्त्री देउवा र महन्त ठाकुरबीच भेटवार्ता



काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटघाट गरेका छन्।

पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाको साथमा बालुवाटार पुगेका अध्यक्ष ठाकुरले मधेस मुद्दाको बारेमा छलफल गरेको बताइएको छ।

जसपाका एक नेताका अनुसार नागरिकता विधेयक पास गराउनुपर्ने, आन्दोलनको क्रममा विभिन्न व्यक्तिमाथि लागेको मुद्दा फिर्ता, थुनामा रहेकालाई रिहा लगायतको विषयमा अध्यक्ष ठाकुरले कुरा राखेका थिए।

जवाफमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयकलगायतका विषय संसद्बाट पारित हुने विषय हो तर विपक्षी दल संसद् अवरोध गरेको कारण हुन नसकेको यद्यपि आफ्नो प्रयास जारी रहेको प्रतिक्रिया दिएको ती नेताले बताए। अध्यक्ष ठाकुर गत माघ २० गते पनि यिनै विषयका बारेमा प्रधानमन्त्री देउवालाई भेटेका थिए।