रास्ट्रिय सहकारी कर्मचारी संघ नेपालको अध्यक्षमा श्रेष्ठ



काठमाडौँ। पेशागत महासंघ नेपालसँग आवद्ध घटक रास्ट्रिय सहकारी कर्मचारी संघ नेपालको अध्यक्षमा भरत कुमार श्रेष्ठ चयन भएका छन्।

त्यस्तै गंगा प्रसाद रिजाल महासचिव चयन भएका छन्। तीन जना उपाध्यक्ष, एक जन उपमहासचिव, २ जना सचीव र कोषाध्यक्ष रहने छन्।

उक्त कार्यक्रमको अध्यक्षता पेशागत महासंघ नेपालका सचिवालय सदस्य तथा सहकारी इन्चार्ज धरणिधर अधिकारिले गरेका थिए।

प्रमुख अतिथिका रूपमा पेशागत महासंघ नेपालका संयोजक तथा पार्टी पोलिटब्युरो सदस्य प्रेमलकुमार खनाल, अतिथिहरु पार्टी पोलिटब्युरो सदस्य गोपाल बराल, पार्टी केन्द्रिय सदस्य तथा जिल्ला कमिटी काठमाडौंका अध्यक्ष कमरेड कुसुम कुमार कार्की, पेशागत महासंघका महासचिव, रामप्रसाद रिमाल र अन्य अतिथिहरुको विशेषता उपस्थिति रहेको थियो।

सहकारीकर्मीहरुको बाक्लो उपस्थितिबीच ३१ सदस्यीय कमिटी गठन गर्दै आजको कार्यक्रम समापन गरिएको थियो। कार्यक्रम पेशागत भवन लैनचौरमा भएको थियो।कार्यक्रमको संचालन महासचिव गंगा प्रसाद रिजालले गरेका थिए।