काठमाडौँ। भारतीय राजदूतावास काठमाडौँ अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित ¥याडिसन होटलमा एक गोलमेच छलफल कार्यक्रम सम्पन्न गरेको छ।
‘महिलाको राजनीतिक सहभागिता, चुनौति र समाधानका बाटाहरु’ विषयक सो छलफलमा नेपालका वरिष्ठ राजनीतिक नेताहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु कुमारी यादव, डा.आरजु राणा देउवा, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सांसदहरु श्रीमती डा.बिन्दा पाण्डे र श्रीमती पुष्पा भुषालको सहभागीता थियो।
प्राध्यापक श्रीमती इला शर्मा सो छलफलको सहजकर्ताको रुपमा थिइन। छलफलका वक्ताहरुले राजनीतिक वृत्तमा महिलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिला हकलाई उजागर गर्न गर्नुपर्ने प्रयासबारे चर्चा गरेका थिए।
छलफलका वक्ताहरुले वर्तमान समयमा महिला नेतृत्वको खाँचो भइसकेकाले नीति निर्माणको क्षत्रमा महिलाको प्रतिनिधित्व एवम् सहभागितालाई थप विस्तार तथा सुनिश्चित गर्न महिला सम्बन्धि कानुनी प्रावधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।