काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसले फागुन २९ देखि सुरु हुने स्थानीय तह निर्वाचन अभियानबारे योजना सार्वजनिक गरेको छ।
पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानबारे जानकारी गराएका हुन्।
उनले ‘सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी’ भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई जिम्मेवारी दिइने पनि बताए। फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको उनले बताए। प्रतिनिधिहरू बिहीबार वा शुक्रबारसम्म जिल्ला-जिल्ला पुग्ने जनाउँदै प्रवक्ता महतले २७ फागुनमा ७७ वटै जिल्ला कार्यसमिति बैठक बसेर अभियानको कार्यक्रम तयारी गर्ने बताए।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबिनै आयोजना गरिएको पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे सहभागी थिए। बुधबार बिहान देउवाको उपस्थितिमा पत्रकार सम्मेलन गर्ने भनिए पनि अन्ततस् देउवा सहभागी भएनन् ।
यस्तो छ पूर्णपाठ