वडाध्यक्ष बमद्वारा विद्यालयलाई खेलकुद सामग्री सहयोग



कालिकोट। सान्नित्रिवेणी गाउँपालिका-५ का वडाध्यक्ष नरेश बमले डाँफे मावि मुम्रालाई खेलकुद सामग्री सहयोग गरेका छन्।

आफु वडाध्यक्षमा निर्वाचित भएपछि विभिन्न समाजसेवा गर्दै आएका वडाध्यक्ष बमले सोमबार डाँफे माविलाई खेलुकदका सामग्री सहयोग गरेका हुन्। डाँफे माविमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुदमा पनि अग्रसर गराउनका लागि आफुले सामग्री सहयोग गरेको उनले बताए। उउनल विद्यालयलाई ३ वटा भलिबल, ३ वटा नेट जालि, एक सेट ब्याटमिन्टन, १२ वटा चेस, १२ वटा लुडो र ३ ओटा पम्प सहयोग गरेका हुन्।

सहयोग सामग्री बुझ्दै शिक्षक हिरामणि सिम्खडाले वडाध्यक्ष बमले गरेको यो सहयोगले विद्यार्थीहरुलाई खेलकुदका लागि सहज भएको बताए। खेलाडीहरु उत्पादन र खेलाडीहरुको मनोवल उच्च बनाउनमा थप हौषला मिलेको बताउँदै शिक्षक सिम्खडाले वडाध्यक्ष बमलाई धन्यवाद ज्ञापन गरे।

वडाध्यक्ष बमले कोरोनाको बेला क्वारेन्टाईनमा रहेका बिरामीहरुलाई थुप्रै सहयोग गरेका थिए। गाउँपालिकाका विभिन्न विद्यालयमा यसअघि पनि उनले खेलकुद सामाग्री वितरण गरेका थिए।