एमाले सांसद बानियाँ निलम्बित



काठमाडौँ। एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन्।

बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरेको थियो।

बानियाँविरुद्ध बलात्कार आरोप लागेपछि गत फागुन १६ गते जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई नेपालगन्ज विमानस्थलबाट पक्राउ गरेको थियो। उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो। पीडित महिलाले बानियाँविरुद्ध माघ २७ गते नै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन्।