तीन हजार अमेरिकीले रुसविरुद्ध लड्न स्वयमसेवा गर्ने



काठमाडौँ। करिब तीन हजार अमेरिकीले युक्रेनमा रुसविरुद्ध लड्न स्वयमसेवा गर्ने इच्छा जताएका छन्।

वाशिंगटन डीसीमा रहेको युक्रेन दूतावासका एक प्रतिनिधिले समाचार सेवा भ्वाइस अफ अमेरिकालाई जानकारी दिएका हुन्। ती प्रतिनिधिका अनुसार करिब तीन हजार अमेरिकीहरुले रुसी आक्रमणविरुद्ध युक्रेनको अपीललाई प्रतिक्रिया दिएका छन्।

युक्रेनले बारम्बार माग गरे पनि पश्चिमी देशहरूले युक्रेनमा आफ्ना सेना पठाइरहेका छैनन्। तर, यी देशहरूले रुसी सेनासँग लड्न युक्रेनलाई हतियार भने दिइरहेका छन्। यसबाहेक पश्चिमी देशहरूले रुस र यसका केही प्रमुख व्यापारीमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूले रुससँग लड्न विदेशी स्वयंसेवकहरूको ‘अन्तर्राष्ट्रिय सेना’ बनाउन आह्वान गरेका छन्। केही दिनअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई लडाइँमा मद्दत गर्न करिब १६ हजार विदेशीले स्वयम्सेवा गरेको बताएका थिए।