गगनलाई सुदेशको चेतावनी: काँधमा बसेर टाउकोमा हान्ने काम नगर



काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले कांग्रेसका महामन्त्री गगन थापालाई आफ्नो काँधमा चढेर प्रहार नगर्न सचेत गराएका छन्।

आइतबार सामाजिक सञ्जाल फेशबुकमार्फत अध्यक्ष पराजलीले कांग्रेसका नेताहरु थापासहित उपसभापति धनराज गुरुङ, मिनेन्द्र रिजाललगायतको नाम लिएर आफ्नो टाउँकोमा टेकेर हाम्रै टाउकोमा हान्ने काम नगर्न सचेत गराएका हुन्।

उनले लेखेका छन्, ‘ गगन, मिनेन्द्र,धनराज एकचोटि सुन, हाम्रो काँधमा बसेर हाम्रो टाउकोमा हान्ने काम नगर। हामीले काँध छोडेको दिन तिम्रो काङ्ग्रेस रुपी पार्टी तातो ढुङ्गामा माछा पछारिएझैं पछारिने छ।’

उनले अगाडी लेखेका छन्, ‘जसले सत्ताको कुर्सीमा टेको लगाएको छ। उसले त्यो टेको झिक्न वा फेर्न पनि जानेको हुन्छ। त्यो समयमा त्यो कुर्सी कसरी भाचिन्छ? हेक्का राख। अलिकति सत्तागठबन्धनको मर्म र धर्म अनुसार बोल्ने गर। धम्की, दम्भ, घमण्ड छुद्रता नदेखिएको राम्रो तिम्रो सत्ताको धरातल कहाँ छ? एकचोटी हेर राम्रोसँग गहिराईमा पुगेर हेर। यो अहिलेको सरकार काङ्ग्रेसको एकल सरकार होईन। सहकार्य र गठबन्धन एकल हुँदै हुँदैन यसको भित्री मर्म थाहा छैन भने तिमीहरुले तिम्रो नेता पार्टी सभापति शेर बहादुर देउवालाई सोधपुछ गर्दा हुन्छ। अनि थाहा हुन्छ वास्तविक सत्तागठबन्धनको नक्सा।’