काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताएका छन्।
शुक्रबार कास्कीको मादी गाँउपालिकामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाट्न गर्दै महामन्त्री थापाले तालमेल गर्ने कि नगर्ने भन्ने विषय स्थानीय कमिटीकै भएको बताएका छन्।
कांग्रेसले केन्द्रबाट तालमेलको निर्णय नगर्ने भन्दै उनले भने, तालमेल गर्ने कि नगर्ने हामी माथिबाट निर्णय गर्दैनौँ तपाईंहरूले निर्णय गर्ने हो। यहाँको टुंगो तपाईंहरू बसेर गर्नुस्, महानगरको टुंगो पनि तपाईंहरूले चाहेको जस्तो गरेर पठाउनुस्। यो पटक पोखराको नगरपालिकामा कांग्रेसको उम्मेदवार जित्नुपर्नेमा समेत उनले जोड दिएका छन्।