काठमाडौँ। एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व-प्रधानमन्त्री झलनाथ खनाल र नेकपाका महासचिव विप्लवबीच भेटवार्ता भएको छ।
फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भएपछि विप्लवले एमसीसी विरोधी नेताहरुलाई भेटेका छन्। नेता खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नारायणमान विजुच्छे, प्रेम सुवाललगातका नेताहरुलाई विप्लवले भेटेका छन्।
नेकपाका प्रवक्ता प्रकाण्डसहितको भेटघाटमा एमसीसी र विकसित राजनीतिका बारेमा कुरा भएको बुझिएको छ। प्रवक्त प्रकाण्डले लेखेका छन्, ‘देशभक्त, राष्ट्रवादी र स्वाधिनताका पक्षधरहरु एकीकृत र धुर्विकृत हौँ।’