निर्माण व्यवसायी महासंघको उपमहासचिवमा शाहीको उम्मेदवारी



काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघको आसन्न महाधिवेशनमा मंगल शाहीले उपमहासचिव पदका लागि उम्मेदवारी दिने भएका छन्।

महासंघको यहि फागुन २७ र २८ गते काठमाडौँमा अधिवेशन हुनेछ। उक्त अधिवेशनमा उपमहासचिव (नीतिगत) मा युवा व्यवसायी शाहीले उमेदारी दिने भएका छन्। शाही दुई कार्यकाल महासंघको केन्द्रीय कार्यसमिति रहेर काम गरिसकेका छन्।

निर्माण व्यवसायको क्षेत्रीमा नीतिगत विषयमा परिर्वतनका लागि आफ्नो उम्मेदवारी रहने बताएका छन्। उनले कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानिमा भने, ‘निर्माण व्यवसायलाई कसरी मर्यादित बनाउने? विकास निर्माणमा क्षेत्रमा नीजि क्षेत्रलाई राज्यले सँगसँगै लैजानुपर्छ। व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्दछ र हाम्रो विकासको साझेदारी हो भन्ने ठान्नु पर्दछ भन्ने मान्यता छ।’

उनले अगाडि भने, ‘राज्य, नागरिक र हामी व्यवसायीको सकरात्मक सोच हुने हो। विकासले तीव्रगति लिन कुनै समय लाग्दैन। पुजिगत ख़र्चको ७० प्रतिशत खर्च हुने क्षेत्रमा राज्य र व्यवसायी दुबै सम्वेदनशिल हुने हो भने विकासले चाडै फड्को मार्छ। तर यहाँ र राज्य कहिल्यै ज़िम्मेवार हुँदैनन्। राज्यका कुनै पनि निकाय विकास निर्माणमा पूर्ण रुपले ज़िम्मेवारी लिदैनन्।’

सार्वजनिक खरिद ऐनका साथ नियमवाली समयकुल परिवर्तन गर्दै व्यवसायीमैत्री बनाउनुका साथै व्यबसायलाई मर्यादित र व्यवस्थित बनाउने उनले उमेदारी दिने बताएका छन्।