अबको गन्तव्य कांग्रेसलाई जिताउने हो: जयराम लामिछाने



 

काठमाडौँ। नेपाली कांग्रेस मकवानपुरका सभातिका प्रत्यासी जयराम लामिछानेले आफ्नो भावि लक्ष्य स्थानीय तहको निर्वाचनमा कांग्रेस पार्टीलाई विजयी गराउने रहेको बताएका छन्।

कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित बुद्ध लामा र प्रत्यासीहरु आनन्दराम पराजुली र जयराम लामिछानेले हेटौँडामा बुधबार आयोजित सम्मान कार्यक्रममा अबको गन्तव्य कांग्रेसलाई जिउने रहेको बताएका हुन्। उनीहरुले एकै मत र मन लिएर संगठनमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

जिल्ला सभापतिका उम्मेदवारहरु लामा, लामिछाने र पराजुलीले एक भएर आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउनतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

सभापतिका उम्मेदवार लामिछानेले पार्टीभित्र विचार समुहमाथि निषेध गर्ने प्रवृत्ति बढेकोले त्यसलाई रोक्न आफू उम्मेदवार बनेको बताउँदै कांग्रेसलाई दुर्घटना हुनबाट बचाउन कार्यकर्तालाई हतोत्साहित र अपमानित गर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक भएकोमा जोड दिए। उनले अबको गन्तव्य निर्वाचनमा कांग्रेसलाई विजयी गराउनु भएको बताए।