काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघ गण्डकीको आशन्न अधिवेशनमा नारायण जिसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।
गन्डकी प्रदेश उपाध्यक्षमा अहिलेसम्म ४ जनाको दाबी रहने देखिएको छ। जसमध्य नारायण जिसी शक्तिशाली उम्मेदवार हुन्। जिसीसँग म्याग्दि जिल्लाको निर्माण व्यवसाय महासंघमा दुई पटक अध्यक्षको जिम्मेवारीमा रहेर प्रभावकारी काम गरेको अनुभव छ।
म्याग्दीमा जिसी सामाजिक अभियन्ताका रुपमा पनि परिचित छन्। उनले गंगा जिसी फाउन्डेसन सञ्चालन गरिरहेका छन्। उक्त फाउण्डेशनमार्फत समाजहितमा काम गर्दै आएका छन्।
जिसीका विश्वास पात्रहरुका अनुसार गन्डकी प्रदेशका अधिकांश प्रतिनिधिहरुको रोजाइमा जिसी नै छन्। उनी व्यबसायमा सफल र मिझासिला व्यवहारका छन्। जसका कारण उनको जित टाढा नरहेको उनीहरुको भनाई छ। यहि फागुन २७ र २८ मा सम्पन्न हुने निर्माण व्यवसायी महासंघको केन्दीय अध्यक्षमा तीन जनाको दावि रहेको छ।