रुसका ५,८४० सैनिक मारिएको युक्रेनको दाबी



काठमाडौँ। युक्रेनले संघर्षका बेला रुसका ५,८४० सैनिक मारिएको दाबी गरेको छ।

युक्रेनको सेनाले प्रारम्भिक तथ्याङ्कमा रुसी सेनाले आक्रमण सुरु भएदेखि यता भएका सबै क्षतिहरु समावेश गरेको जनाएको छ। बीबीसीले यो दाबीको स्वतन्त्ररुपमा पुष्टि नगर्ने बताएको छ । तर बेलायतका रक्षा मन्त्रालयका अनुसार युक्रेनमाथि हमलाका बेला रुसी सेनाको भारी क्षती भएको छ।

युक्रेनले जुन दाबी गरेको छ त्यस अनुसार रुसलाई भएको हानी यस प्रकार छन्:

५,४८० सैनिक, ३० विमान, ३१ हेलिकोप्टर, २११ ट्याङ्क, ८६२ बख्तरबन्द गाडी, ८५ आर्टिलरी सिस्टम्स, ९ एन्टी एयरक्राफ्ट सिस्टम्स, ६० फ्युल ट्याङ्क्स, ३५५ सैन्य वाहन, ४० एमएलआरएस रकेट लञ्चर्स ‘समातिएका छन्।