मकवानपुरमा लामिछाने समूहकाे बहुमत



मकवानपुर। नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत् पदाधिकारीतर्फको अन्तिम परिणाममा संस्थापन इतर पक्ष हावी भएको छ।

कुल ६ जना पदाधिकारीमध्ये ५ जना संस्थापन इतरबाट विजयी भएका छन्। एकजना मात्र संस्थापन पक्षबाट विजयी भएका छन्। मकवानपुरमा संस्थापनको नेतृत्व बुद्ध लामा र इतरको नेतृत्व जयराम लामिछानेले गरेका थिए।

कुल १७ सय ७१ मत गणनाहुँदा उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन्। कठायतले ६११ र लामिछानेले ६०६ मत प्राप्त गरेका छन्। दुवै इतरका हुन्। उपसभापतिमा गोपीलाल विश्वकर्माले ५४२, रामबाबु बानियाँ ४८७, भीम लामाले ४६३, रमेश गिरी ३५३, चन्द्रबहादुर पौडेल ८२ मत प्राप्त गरे।

सचिवमा दुवैजना इतरबाट विजयी भएका छन्। भीमसेन महत ८१३ र इश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भएका हुन्। संस्थापन पक्षका यतिराज सापकोटा ५४८, अर्जुनप्रसाद चौलागाईंले ३९७, प्रदिप कोइराला ३६८ र मानबहादुर पाटा मगर २५० मत प्राप्त गरे।

सहसचिवमा संस्थापन पक्षबाट एकजना र इतरबाट एकजना विजयी भएका छन्। संस्थापन इतरबाट इन्दिरा न्यौपाने र संस्थापनबाट ताराचन्द्र बजगाईं विजयी भएका छन्। न्यौपानेले ८५० र बजगाईंले ५६२ मत प्राप्त गरेका थिए। सहसचिवमा मिरा स्याङतान ५२०, रत्नबहादुर गोले ४१४, अर्जुनप्रसाद तिवारी ३६२, कृष्णप्रसाद दाहाल २६९ र सुमन कार्की १२६ मत प्राप्त गरे।

संस्थापन पक्षबाट सभापतिमा दुईजना उम्मेदवारहुँदा पदाधिकारीमा धुलोपिठो हुन पुगेको हो। पदाधिकारीमा इतर समूह बलियो भएसँगै सभापतिमा निर्वाचित बुद्ध लामालाई आफ्नो कार्यकाल सञ्चालन गर्न सकस हुने प्राय निश्चित छ।