लामिछाने र पराजुलीलाई पछिपार्दै सभापतिमा लामा विजयी



हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको १४औं जिल्ला अधिवेशनबाट बुद्ध लामा सभापतिमा चयन भएका छन्।

सभापतिको लागि उम्मेदवारी परेकामध्ये आनन्दराम पराजुली र जयराम लामिछानेलाई पहिलो चरणमा उछिनेका लामा सहमतिमा सभापति चुनिएका हुन्।

पहिलो चरणको निर्वाचन परिणाम अनुसार लामाले सबैभन्दा बढि ५ सय ९५ मत ल्याएका थिए भने पराजुलीले ५ सय ४५ र लामिछानेले ५ सय ३१ मत प्राप्त गरेका थिए।

खसेको १ हजार ७ सय ७५ मतमध्ये सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनु पर्ने भएपनि आन्तरीक सहमतिको आधारमा लामालाई सभापति चयन गरीएको बताइएको छ ।

तेश्रो बनेका लामिछाने निर्वाचन प्रक्रियाबाट बाहिरीएपछि लामा र पराजुलीको बिच पुनः मतदानको प्रक्रिया थाल्ने तयारीको अवस्थामा लामाको पक्षमा सहमति जुटेको थियो ।