काठमाडौँ। मङ्गलवार युरोपमा भएका बेग्लाबेग्लै कार्यक्रममा युक्रेनका राष्ट्रपति र रुसी विदेशमन्त्रीले एकदम भिन्न प्रतिक्रिया पाए।
युरोपेली संसद्को विशेष बैठकमा भिडिओ लिङ्कमार्फत् बोल्न उपस्थित हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई युरोपेली सांसदहरूले उठेर ताली बजाउँदै न्यानो अभिवादन गरेका थिए।
उनले युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने अभिव्यक्ति दिएका थिए। यसबीच जिनिभामा भएका संयुक्त राष्ट्रसङ्घका दुईवटा निकायका बैठकहरूलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्न उपस्थित रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई भने पश्चिमा देशका राजदूतहरूले बहिष्कार गरेका छन्।
ती सम्बोधनमा लाभ्रोभले युरोपमाथि ूरुसविरोधी बहुलट्टीपूर्ण गतिविधिू गरिरहेको आरोप लगाएका थिए। उनले युरोपले पश्चिमा सहयोगमा परमाणुअस्त्र प्राप्त गर्न खोजिरहेको आरोप लगाउँदै अब अमेरिकी क्षेप्यास्त्रहरू युरोपबाट फर्काउने बेला आएको बताएका थिए।