भीम रावल अनुशासनहीन हिरो: अध्यक्ष ओली



काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीका नेता डा.भीम रावललाई अनुशासनहीन ढंगले हिरो बन्न खोजेको टिप्पणी गरेका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीको काम कारवाही भन्दा आफूलाई पृथक ढंगले प्रस्तुत गरिरहनु भएको छ। मैले अस्ति हाम्रो संसदीय दलको बैठकमा पनि भनेको थिएँ, आफूलाई व्यक्तिगत तर्फबाट हिरो देखाउन खोज्ने, कुनै पनि बाहनामा चाहे राष्ट्रवाद होस् या चाहे लोकतन्त्र होस् वा अरु बाहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्।’

उाले अगाडि भनेका छन्, ‘त्यसको विरुद्धमा पृथक देखिएर गर्ने क्रियाकलापहरू अनुशासनभित्र पर्दैन्। भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषदको सदस्य हो। उहाँले आत्मकेन्द्रित,आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन काम गर्दै आउनुभएको छ।’ त्यसतर्फ पार्टीको ध्यान गएको पनि उनले बताए।