वडा अध्यक्ष नवराज कार्कीको निधन



सुर्खेत। जिल्लाका सबै भन्दा कान्छा वडा अध्यक्ष नवराज कार्कीको दुर्घटामा परि निधन भएको छ।

मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका कार्कीको शुक्रबार राती १०ः३० बजे काठमाडौँको बाँसवारीस्थित न्यूरो अस्पताल उपचारकै क्रममा निधन भएको हो।

कार्की भेरीगंगा नगरपालिक वडा नं. १ का नेकपा माओवादी (केन्द्र) बाट जननिर्वाचित वडाध्यक्ष हुन्। २०४८ सालमा भेरीगंगामा जन्मिएका कार्की सवार मोटर साइकललाई गत फागुन ८ गते फोर्स भ्यानले ठक्कर दिएको थियो।

रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चु बजारदेखी पश्चिमतर्फको सडकमा नेपालगञ्जबाट सुर्खेत आँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।