काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एमसीसी पास गर्ने खेल रोक्नका लागि सजग रहनुपर्ने पनि बताएका छन्।
रावलले लेखेका छन्, ‘सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता, हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिँदै छ। यस्तो खेल खेल्नेहरू नेपालको स्वाधीनता र हित विरोधी एमसीसीका प्रावधानप्रति आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फसाउने कुकृत्य गर्दैछन् । सजग रहौं।’