कांग्रेस र माओवादी नेताहरुको छलफल सकारात्मक



काठमाडौँ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको छलफल सकिएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनादर्न शर्मालाई लिएर बालुवाटार गएका थिए। बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी र सत्ता गठबन्धनबारे सकारात्मक छलफल भएको एक नेताले जानकारी दिए।

बालुवाटार जानु अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए।