काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ।
शुक्रबार साँझ अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट पुगेका छन्। आजै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एमसीसी र विकसित राजनीतिका बारेमा बालुवाटारमा वार्ता भएको थियो।
कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका छन्।
सत्ता सहयात्रीहरू नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग दिनभर जसो छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न पुगेका बालकोट पुगेका हुन्। एमसीसीका कारण पछिल्लो केही दिन यता देशको राजनीति तरंगित भएको छ भने दलहरुमा तिव्र ध्रुवीकरण देखिएको छ।