जयराम लामिछानेद्वारा सभापतिसहित प्यानल घोषणा



काठमाडौँ। फागुन १५ गते हुन लागेको नेपाली कांग्रेस मकवापुरको जिल्ला अधिवेशनका लागि नेपाली कांग्रेसका नेता जयराम लामिछानेको नेतृत्वमा प्यानल घोषणा भएको छ।

सभापतिमा उम्मेदवारी घोषणा गर्दै जयराम लामिछानेले आफ्नो प्यानल नै सार्वजनिक गर्नुभएको हो। उनले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन्।

लामिछाने समूहबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न बहादुर गोलेले उम्मेदवारी दिएका छन्। लामिछाने समूहले जिल्ला सदस्यहरुमा तारा राई कार्की, पूर्णप्रसाद पुडासैनी, गोपीराम बल, शिवप्रसाद खनाल, सुशीला न्यौपाने बुढाथोकीलगायत उम्मेदवार बनाउने तय गरेको छ।

प्यानल घोषणा गर्दै लामिछानेले विजयी भएमा सबैलाई सङ्गै लाने यदि पराजित भएको खण्डमा विजयी साथीहरूसंँग मिलेर पार्टीको काम गर्ने प्रतिवद्दता व्यक्त गरे।

स्थानीय तहका सबै वडाहरुमा जिताउने क्षमता रहेकाले आफ्नो उम्मेदवारी रहेको र मकवानपुर काङ्ग्रेसले अब जयराम लामिछानेको नेतृत्व आवश्यक रहेकाले मकवानपुरबासिले आफ्नो नेतृत्व खोजिरहेको बताए।