काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि बालुवाटार प्रवेश गरेका छन्।
आजै उनले देउवासँग दोस्रोपटक भेट गर्न लागेका हुन्। संसद वैठक स्थगित भएलगत्तै आज ओलीले देउवालाई भेटेका थिए। त्यसपछि माओवादी अध्यक्ष प्रचण्डसँग पनि उनको वान टु वान वार्ता भएको थियो।
अहिले फेरि ओली देउवालाई भेट्न बालुवाटर गएका हुन्। उनीसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ पनि बालुवाटर पुगेका छन्। कांग्रेस महाममन्त्री गगन थापा पनि वार्तामा सहभागी हुने छन् । उनी पनि बालुवाटार प्रवेश गरिसकेका छन्।