एकीकृत समाजवादीले एमसीसीबारे खुला बहस गर्ने



काठमाडौँ। माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको जनसंगठनले शुक्रबार एमसीसीबारे खुला बहस कार्यक्रमको आयोजना गर्न लागेको छ।

(एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार एमसीसीबारे बहस गर्न लागिएको बताए। कार्यक्रममा सबैको लागि खुला आमन्त्रण गरिएको उनले बताए।

प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमलाई विज्ञ र विशिष्ट व्यक्तित्वहरुले सम्बोधन गर्ने तय भएको छ। एकीकृत समाजवादीले एमसीसी पास गर्न नसघाउने निर्णय गरेको छ। तर, सो पार्टीभित्र एमसीसीको बारेमा फरक फरक धारणा रहेको छ।