काठमाडौँ। वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। मंगलबार एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए।
लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो। दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए। उनले गाएका र संगीत भरेका थुप्रै गीतहरु नेपाली संगीतबजारमा चर्चित छन्।