कालिकोट। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सान्नीत्रिबेणी गाउँपालिकाको वडा नं. १ र २ मा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
वडा नं. २ का अध्यक्ष केशव दर्जीको अध्यक्षता र गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै सान्नीत्रिबेणी गाउँपालिकाका अध्यक्ष शाहीले आजको दिनसम्म जनताको हितमा काम गरेको र आगामी दिनमा कर्याकर्तालाई सशक्त ढंगले लाग्न र आफू पनि जनताको सेवामा लागिपर्ने प्रतिबद्धता गरे।
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र सान्नीत्रिबेणी गाउँपालिका पार्टी अध्यक्ष महेश केसी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देबिराम देवकोटा, वडा नं. ४ का अध्यक्ष अनिपाल धामी, वडा नं. १ का अध्यक्ष भरतबहादुर विक, देवनारायण सन्ज्याल, बसन्त बुढा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।